दाङ्ग जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरी परम्परागत कृषिमा आधारित खेती प्रणालीमा सुधार ल्याई निर्वाहमूखी खेती प्रणालीलाई व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मुलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला कृषि विकास कार्यालयको स्थापना सँगै देशमा संघीयता कार्यान्वयन पश्चात ५ नम्वर प्रदेश सरकार अन्तर्गत वि.स. २०७५ साल भाद्र २६ गते दाङ्ग र प्युठान जिल्ला कार्य क्षेत्र कायम गरी कृषि ज्ञान केन्द्र, दाङ्गको स्थापना भएको हो । आ.व. २०७७/७८ देखि प्यूठान जिल्लामा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना भए पश्चात यस कार्यालयको कार्यक्षेत्र दाङ्ग जिल्ला रहेको छ ।