लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

दाङ


परिचय

साविक जिल्ला कृषि विकास कार्यालयको रुपमा आ.व. २०३३/०३४ स्थापना भई विभिन्न विषय विज्ञहरू कृषिप्रसार, बाली संरक्षण, बागवानी, बाली विकास, माटो विज्ञान, मत्स्य लगायतको बहु विज्ञहरूको टोली मार्फत सेवा प्रवाह हुने गरेकोमा मुलुक संघीय शासन प्रणाली लागू भए पश्चात कृषि तथा पशुपन्छी विकास र प्रसारका कार्यक्रमहरू संविधानतः स्थानीय सरकारको कार्यक्षेत्र भित्र रहेको तर स्थानीय तहमा कृषि सेवा तर्फका कर्मचारीहरू निकै कम मात्र दरबन्दी रहेकाले प्रदेश मातहत रहने ज्ञानकेन्द्रहरूको महत्वपूर्ण भूमिका रहेकोछ। स्थानीय समस्यामा आधारित परिक्षण गर्ने, प्रयोगशाला सेवाहरू,प्राविधिक र कृषकहरूको क्षमता विकास,स्थानीय कृषिका निकायहरूलाई प्राविधिक पृष्ठपोषण बिउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्टर्न, कृषि तथ्याङ्कहरू संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सञ्चालन लगायत संघ र स्थानीय तह बिच समन्वयको काम गर्ने जिम्मेवारी रहे अनुसारकै कार्यहरू गर्दै आइरहेको छ। यसरी कृषि ज्ञान केन्द्रहरूलाई तीनै तहका सरकारहरू बिचको पुलका साथै कृषि सम्बन्धी अन्य निकायहरूसंग समेत सहकार्य र समन्वयात्मक रुपमा कृषि विकासका कार्यक्रमहरू सञ्चालनको महत्वपूर्ण जिम्मेवारी रहेको छ। दाङ जिल्लामा दाङ र प्यूठान जिल्ला कार्यक्षेत्र पर्ने गरी २०७५ साल भदौ २८ गते साविक जिल्ला कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रुपमा स्थापना गरियो। यसपछी आ.व. २०७६/७७ सालमा प्यूठान जिल्लामा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको स्थापना भए पश्चात यसको कार्यक्षेत्र दाङमा मात्र कायम गरिएको छ।

उदेश्य
  • १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
  • २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
  • ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
  • ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
  • ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
  • ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
  • ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।
  • योजना
  • १. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
  • २. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
  • ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
  • ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
  • ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
  • ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
  • ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
  • ८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
  • ९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।
  • १०. खेतीयोग्य जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै बाझो जग्गा सदुपयोगका लागी योजना‚ कार्यक्रम कार्यान्वयनमा जोड दिने।
  • ११. कृषिउपज उत्पादन‚प्रशोधन‚ भण्डारण एवं वितरण प्रणालीमा प्रविधि विकास‚ अनुसरण‚ अवलम्बन‚ उत्पादन र भण्डारणका क्रममा हुने हानी नोक्सानी न्युनीकरण प्रविधि अवलम्वनमा जोड दिने।
  • © 2020 Copyright : कृषि ज्ञान केन्द्र, दाङ
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.