लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

दाङ


कार्य विवरण
  • स्थानीय समस्यामा आधारित स–साना अध्ययन परिक्षण तथा भ्यालिडेशन परीक्षण सञ्चालन गर्ने,
  • माटो तथा मल, बाली संरक्षण र बिउविजन परीक्षणसम्वन्धी सामान्य प्रयोगशाला सेवा,
  • नविनतम् कृषि प्रविधि प्रसारको लागि आवश्यक कृषि प्रसार शैक्षिक कृयाकलाप सन्चालन गर्ने,
  • प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायीहरूको लागि कृषि पशुपंक्षीसँग सम्वन्धित विशिष्टीकृत ज्ञान शीप प्रदान गर्न एडभान्स तालिम सन्चालन गर्ने,
  • स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञप्राविधिक सेवा टेवा,
  • प्रदेश अन्तर्गत सन्चालन हुने संघीय कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,
  • प्रदेश सरकार मार्फत सन्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना सन्चालनमा प्रदशे सरकारलाई सहयोग गर्ने,
  • कृषि आर्थिक महत्वका स्थानिय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने,
  • नेपाल कृषि अनुसन्धान परिषदको बाह्य अनुसन्धान स्थल (इगतचभबअज क्ष्तभ) को रुपमा कार्य गर्ने,
  • बिउ विजन तथा उन्नत नश्लको लागि स्रोत केन्द्रको रुपमा कार्य गर्ने,
  • स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकास सम्वन्धि कार्य,
  • बहु स्थानीय तह समेटि कार्यान्वयन हुने संघीय आयोजनाहरूको सञ्चालन र नियन्त्रण,
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र भित्रका पकेट, व्लक, जोन तथा सुपरजोनहरूको लागि प्राविधिक सेवा टेवा,
  • एग्रो इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्तबाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयनको समन्वय
  • कृषि स्नातक तथा जे.टी.र जे.टी.ए कोर्ष अध्ययनरत विद्यार्थीहरूका लागि इन्टर्नसिप कार्यक्रम संचालन,
  • स्थानीय तहका कृषि विकासका इकाइहरूबाट कृषि सम्वन्धि तथ्यांक संकलन तथा अध्यावधिक गर्ने।साथै संकलित तथ्यांक प्रदेश र संघीय तालुक निकायहरूमा पठाउने,
  • आफ्नै कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरूको लागि व्यवसाय विकास सेवा उपलव्ध गराउने,
  • किसान कल सेन्टर सञ्चालन गर्ने,
  • समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तहवीच पुलको काम गर्ने ।
  • © 2020 Copyright : कृषि ज्ञान केन्द्र, दाङ
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.